शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघले गर्‍यो ग्रिन ग्रोथ एड्भाइजरी सेवाको स्थापना

बिहीबार, २३ कात्तिक २०८०, १७ : ५२
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवा स्थापना गरेको छ ।  

महासंघले जलवायु परिर्वतनले परेको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवाको शुरुवात गरेको हो । जलवायु परिर्वतन ल्याउनका नेपालले भूमिका नभएपनि जलवायु परिवर्तनको विनाश भने भोग्नुपरेको महासंघको भनाई छ । 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एड्भाइजरी सेवा उद्घाटन कार्यक्रममा बोल्दै पछिल्लो समय जलवायु परिवर्तन विश्वले चासोका साथ लिएको बताए । उनले नेपालको परिवेशमा जलवायु परिवर्तनले पारेको असरको विषय धेरै महत्त्वपूर्ण रहेको बताए । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालमा आएर हिमालयहरुको बेस क्यामको अवलोकन गर्नु जलवायु परिवर्तनले नेपालमा ठूलो असर गरेको संकेत गर्ने बताए । 

अध्यक्ष ढकालले निजी क्षेत्रले विगतमा आर्थिक विषयमा मात्रै गरे पनि अब आर्थिक आम्दानीमा मात्रै सीमित नभएर वातावरणीय प्रभावलाई पनि प्राथमिकताका साथसँगै लैजान आवश्यक भएको बताए । उनले विकास निर्माणका कामहरुमा पनि कम क्षति हुने गरेर गर्न आवश्यक रहेको बताए । उनले सरकारका वातावरणीय क्षेत्रका काम गर्ने निकायहरुले समग्र सबै क्षेत्रलाई समेटेर नीतिहरु बन्नुपर्ने भएपनि आफ्नो संस्थाको मात्रै हित हुनेगरी नीतिहरु बन्ने गरेको बताए । 

अध्यक्ष ढकालले नेपालमा जलवायु परिवर्तनको कारण परेको असर न्यूनीकरण गर्न सरकार र समग्र निजी क्षेत्र समन्वय गरेर लाग्न आवश्यक रहेको बताए ।

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले निजी क्षेत्रको दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्ने कुरामा महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको खर्चको हिसाब राखेपनि निजी क्षेत्र यो क्षेत्रमा गरेको योगदानको रेकर्ड सरकारसँग नभएको बताए । उनले दिगो विकास लक्ष्य पूरा गर्ने अहिलेसम्म सरकार र निजी क्षेत्रबाट यति बजेट छुट्याएको भन्ने कुरा अहिलेसम्म नपाएको बताए । 

सभापति पन्तले सरकारले निजी क्षेत्रबाट अपेक्षा गर्ने तर भूमिका नदिने काम गरेको आरोप लगाए । उनले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्रले गरेको कामको सरकारले ओनरशिप लिन आवश्यक रहेको बताए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप