भूकम्पले भत्काएका दुई वटा विद्यालय पुनर्निर्माण गर्ने नेविसंघकाे घोषणा
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावित क्षेत्रका दुई वटा विद्यालयको पुनर्निर्माण गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकाेटमा पत्रकार सम्मेलन गर्दै यस्ताे घोषणा गरेका हुन् ।
भूकम्पमा परी निधन भएकी नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुनर्निर्माण गर्ने शेर्पाले बताए ।
'यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहारपछि नेविसघले अस्थायी रुपमा बनाउने जानकारी गर्दछौँ । साथै जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित वडा नं. ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, जाजरकोट र नलगाड नगरपालिका वडा नं. ५ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्पूर्ण रुपमा पुन निर्माण गर्न प्रतिबद्धता गर्दछौँ,'अध्यक्ष शेर्पाले भने,'यसका साथै यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहारपछि नेविसंघले अस्थायी रुपमा बनाउने समेत जानकारी गर्दछौँ। ´
त्यस्तै नेविसंघले तथ्याङ्क संकलन समिति र नेपाल सरकारको सूचना केन्द्रेको जानकारी बमोजिम पूर्णरूपमा घर क्षति भई अभिभावकविहीन भएका बालबालिकाहरूको पहिचान गर्ने र विद्यार्थीहरू माझ परेको मनोवैज्ञानिक असरलाई समेत हटाउन सहयोग गर्ने उनले बताए ।
यस क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको अवसरबाट बञ्चित हुन नदिन नेविसंघले सक्दो प्रयास गर्ने उनको प्रतिबद्धता छ । रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भई ५० हजारभन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण