सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बिहीबार, २३ कात्तिक २०८०, २० : २२
बिहीबार, २३ कात्तिक २०८०

रौतहट । रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रपुर नगरपालिका ४ लचका नजिकै पश्चिमतर्फ जाँदै गरेको मधेस प्रदेश ०४–००१ प ४१३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका सर्लाही  हरिवन नगरपालिका–३  का चन्द्र बहादुर मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका छेसङ्ग तामाङ घाइते भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । तामाङको टाउको, अनुहार र दुवै खुट्टामा चोट लागेर चन्द्रपुर अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप