मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
बिहीबार, २३ कात्तिक २०८०, २० : २२
रौतहट । रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रपुर नगरपालिका ४ लचका नजिकै पश्चिमतर्फ जाँदै गरेको मधेस प्रदेश ०४–००१ प ४१३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका सर्लाही हरिवन नगरपालिका–३ का चन्द्र बहादुर मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका छेसङ्ग तामाङ घाइते भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । तामाङको टाउको, अनुहार र दुवै खुट्टामा चोट लागेर चन्द्रपुर अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण