बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राहत सामाग्री लिएर विप्लव नेतृत्वको टोली भूकम्प प्रभावित  क्षेत्रतर्फ

दुःखका बेला एकताबद्ध हुन अपिल
शुक्रबार, २४ कात्तिक २०८०, ११ : ४९
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेतृत्वको टोली राहत सामाग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएको छ । पार्टी कमिटी, भातृसंगठन तथा अन्तर्राष्ट्रिय मोर्चाबाट सङ्कलन भएका एक कन्टेनर सामान लिएर विप्लवसहितको टोली शुक्रबार सल्यान र रुकुम पश्चिम गएको हो। 

कपिलवस्तुबाट राहत सामाग्री लिएर निस्केका विप्लव नेतृत्वको टोली बिहीबार लुम्बिनीमा बास बसेका थिए । सङ्कलन भएका सामाग्री शुक्रबार सल्यान र रुकुम पश्चिमका भूकम्पपीडितलाई हस्तान्तरण गर्ने महासचिव विप्लवले जानकारी दिए । उनकाअनुसार भोलि (शनिबार) भूकम्पको इपिसेन्टर जाजरकोटका पीडितलाई हस्तान्तरण हुनेछ । 

सङ्कलन भएका राहत सामाग्री लिएर हामी भूकम्प अति प्रभावित क्षेत्र सल्यान, रुकुम पश्चिम र जाजरकोट जाँदै छौँ । प्रभावित क्षेत्रका  पीडितहरूलाई आज र भोलि हस्तान्तरण गर्छौँ’, उनले भने, ‘देशकै दुःखद ठुलो परिघटना हो । सारा जनताले दुःख पाएका छन् । यतिबेला सिंगै देश एकताबद्ध भएर दुःखमा परेको जनताको उद्धार गर्नु, राहत दिनु र पुनर्निमाणमा जुट्ने हाम्रो निर्णय छ ।’

उनले घटना घटेकै दिन उद्धार  टोली , चिकित्सकको टोली प्रभावित क्षेत्र गइसकेको बताए । पछिल्लो समय ६÷७ टोली उद्धारमा खटिएका र  उनीहरूले भग्नाभषेश पन्छाउन, जोखिमयुक्त घर भत्काउने काम भइरहेको विप्लवले बताए । प्रभावित क्षेत्रमा पार्टी कमिटी, जनवर्गीय सङ्गठन, अन्तर्राष्ट्रिय मोर्चा, विभाग सबै सक्रिय  रहेको जानकारी दिँदै उनले पार्टीको युरोप मोर्चा, भारतको प्रवासी मोर्चा, विद्यार्थी, मजदुर, व्यवसायीबाट सङ्कलन भएको रु ६ लाख प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए । 

यस्तै डा प्रकाश नेतृत्वको चिकित्सकको टोली प्रभावित क्षेत्रमा खटिएको छ । 

यसअघि पार्टीको तर्फबाट अपिल जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका जनताको उद्धार, राहत र पुननिर्माणका लागि पार्टीको कोषबाट एक लाख सहयोग गर्ने, खाद्यान्न भण्डारबाट २५ क्विन्टल चामल उपलब्ध गराउने, डा प्रकाशको नेतृत्वमा चिकित्सक टोली खटाउने, भेरी, राप्ती, कार्णाली, सेती, महाकाली र लुम्बिनी ब्युरोबाट एक÷एक वटा स्वयंसेवक टोली परिचालन गर्ने, राजधानी लगायत विभिन्न सहरबाट राहत सङ्कलन गर्ने लगायतका निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप