जसपाको लुम्बिनी प्रदेश समितिमा जिम्मेवारी बाँडफाँट
रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको अध्यक्षमा सुदिप पौडेल, निर्वाचन आयोगको अध्यक्षमा सुधाकर मिश्रा र लेखापरीक्षण आयोग अध्यक्षमा घुरहु यादवलाई चयन गरेको छ ।
त्यस्तै मगरात राष्ट्रिय समितिको इन्चार्जमा भण्डारीलाल अहिर, सह इन्चार्जमा कृष्णबहादुर सर्तुङे मगर, थरुहट तराई राष्ट्रिय समितिको इन्चार्जमा शिवपुजन यादव र सह इन्चार्जमा इनामुल्लाह फकिरलाई जिम्मेवारी तोकेको छ ।
बैठकले अकरम पठान, राजकुमार बर्मा, रेनु सिंह, सरोजा बढई, भण्डारीलाल अहिर, शिवपुजन यादव, इनामुल्लाह फकिर र कुष्णबहादुर सर्तुङेलाई लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्यमा मनोनयन गरेको छ ।
सोही बैठकले आगामी मंसिर ९ र १० गते रुपन्देहीमा प्रदेशस्तरिय राजनीतिक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकबाट प्रदेश कार्यालय सचिवको जिम्मेवारी प्रदेश समिति सदस्य शिवकुमार चौधरीलाई दिइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण