कम्युनिस्ट सत्ताधारी कमिसन खाने र अर्बौँ कमाउने मात्र भए : झलनाथ खनाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट सत्ताधारीहरू कमिसन खाने र रातारात खर्बौँ कमाउने धन्दामा लागेको आरोप लगाएका छन् । त्यस धन्दामा अहिलेको सत्ताधारी मात्र नभई २०४६ देखिकै सरकार लागिपरेको उनले आरोप लगाए ।
‘कम्युनिस्ट सत्ताधारीले कमिसन खाने, रातारात खर्बौँ कमाउने र देशलाई उपभोक्ताको रूपमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय कम्पनीको बजार बनाउने काम भएको छ । अहिलेको सत्ता मात्र नभई ०४६ देखि नै यही भइरहेको छ ’, रातोपाटीसँग उनले भने ।
मुलुकको समस्या समाधानको उपाय पहिलो वाम एकता, दोस्रो प्रगतिशील सुधारको वृहत् प्याकेज, त्यसलाई कार्यान्वयन गर्ने प्रगतिशील सरकार र त्यसको आधारमा राष्ट्रिय एकता आवश्यक भएको उनले बताए ।
यस्तै कर्णाली प्रदेशका भूकम्पपीडितहरूको राहत, उद्धार र पुननिर्माणमा देश विदेशबाट व्यापक राहत आए पनि सम्बन्धित ठाउँमा नपुगेको खनालले आरोप लगाए ।
‘सरकारले प्रभावकारी ढङ्गले राहत वितरण र उद्धारको काम गर्नुपर्थ्यो, सकेन । यो अत्यन्त दुःख र बिडम्बनाको कुरा हो । देश विदेशबाट धेरै राहत आएका छन्, ती कहाँ गए ?’, सरकारमाथि प्रश्न उठाउँदै उनले भने, ‘प्रभावित क्षेत्रमा राहत पुग्नुपर्ने ठाउँमा नेताहरूको मात्रै लर्को भयो । राहत केही पुगेन ।’
प्रभावित जिल्लामा चिसो बढेकाले तत्काल पीडितहरूलाई राहत, त्रिपाल, लत्ताकपडाको व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।
२०७२ को भूकम्पबाट पाठ सिकेर सरकारले पहिल्यै देखि नै बजेटमा व्यवस्था गर्न सरकार चुकेको उनको भनाइ थियो । उनले पहाडी र तराई क्षेत्रमा जति पनि परम्परागत घर बनेका छन्, ती घरहरूलाई भूकम्प प्रतिरोधी बनाउर्नेमा जोड दिए । यसलाई अभियानकै रूपमा सरकारले आगामी दिनमा योजना नबनाए भूकम्पले ठुलो जनधनको क्षति व्यहोर्ने उनले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण