नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री
शनिबार, २५ कात्तिक २०८०, १० : ३८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् । शनिवार काठमाडौँमा आयोजित साहित्यकार पद्म रत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत् नै राष्ट्रिय संवत् भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए ।
उनले नेपाल संवत् ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत् राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने उल्लेख गरे । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको बताए
प्रधानमन्त्री दाहालले अहिले विभिन्न कोणबाट लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एक थरीले प्रश्न उठाउने दुःसाहस गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण