सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री

शनिबार, २५ कात्तिक २०८०, १० : ३८
शनिबार, २५ कात्तिक २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् ।  शनिवार काठमाडौँमा आयोजित साहित्यकार पद्म रत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत् नै राष्ट्रिय संवत् भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए । 

उनले नेपाल संवत् ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत् राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने उल्लेख गरे । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको बताए

प्रधानमन्त्री दाहालले अहिले विभिन्न कोणबाट लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एक थरीले प्रश्न उठाउने दुःसाहस गरेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप