चाडपर्व लक्षित अनुगमन तीव्र बनाउँदै विभाग, एकै दिन १० लाख जरिवाना
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । तिहार नजिकिएसँगै विभागको संयुक्त टोलीले बजार अनुगमन र उपभोक्ता ठग्ने व्यापारीमाथिको कारबाहीलाई तीव्रता दिएको हो ।
विभागले हिजो एकै दिन विभिन्न व्यापारिक फर्मलाई गरी १० लाख २० हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ । विभागले मैतीदेवीको खाद्य पसललाई ३ लाख रुपैयाँ जरिवाना गराएको छ । पसलले रिलेबलिङ गरेर सामान बिक्री वितरण गर्दै आएको पाइएको थियो ।
यसबाहेक, पाटन औद्योगिक क्षेत्रमा गरेको अनुगमनबाट समेत एक पसललाई ३ लाख जरिवाना गरिएको छ । अनुगमनका क्रममा गुणस्तर घटाइएको, रिलेबलिङ गरेको, मूल्य र परिणाम फरक पारेको पाइएको थियो । यसपछि, जावलाखेलको इलेक्ट्रिक्स पसललाई समेत ३ लाख जरिवाना तिराइएको छ ।
विभागले स्यूचाटारको खाद्य पसललाई १ लाख जरिवाना तिराउँदा ललितपुरको मिठाई पसल र स्यूचाटारको माछा-मासु पसललाई समान १०÷१० हजार जरिवाना गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण