१२ सय परिवारलाई पुग्ने त्रिपाल लिएर रूकुममा उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुगेका छन् । करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उहाँ आज विहान सुर्खेत विमानस्थलबाट प्रभावित क्षेत्र पुगेका हुन् ।
यही कात्तिक १७ गते जाजरकोट केन्द्र भइ भूकम्प गएयता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय छन् । स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग स्थानमा क्षेत्रमा स्थल र हवाईमार्गमार्फत खड्का राहत वितरणमा केन्द्रित रहेका छन् ।
उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको भन्दै आइतबारसम्म सबै पीडितलाई तत्कालीन राहत सामग्री पुर्याउने गरी काम भइरहेको बताए ।
उपप्रधानमन्त्री खड्काले रूकुम पुर्याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिकामा पाँच सय, रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा पाँच सय, मुसिकोट नगरपालिकामा पाँच सय, सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सयवटा वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन