भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्र प्रमुखद्वारा समवेदना सन्देश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले राष्ट्रपति पौडेललाई समवेदना सन्देश पठाएका हुन् ।
राष्ट्रपति पौडेललाई जर्मनीका राष्ट्रपति फ्रैंक वाल्टर स्टाइनमेयर, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेंडर भ्यान डेर बेलेन, निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगा सावेद्रा, कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र स्पेनका पेद्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देश पठाएका हुन् ।
राष्ट्र प्रमुखहरुले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारको तर्फबाट सहानुभूति प्रकट गर्दै राहत तथा पुन:स्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्सले पनि समवेदना सन्देश पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बन्दै तरबुजाखेती
-
राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सफल भए नवराज सुवेदी
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए