आगलागीमा परी दुई महिलाको मृत्यु
शनिबार, २५ कात्तिक २०८०, १७ : ४५
झापा । झापा र भोजपुरमा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
आगलागीमा परी उनका पति ७३ वर्षीय शिव कुमार राई घाइते भएका छन् । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ । साथै आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उता भोजपुरको आमचोक गाउँपालिका-६ राधुन बस्ने ७५ वर्षीया लालमाया राईको आगोमा जलेर शुक्रबार राति मृत्यु भएको छ । आफ्नै घरमा तरकारी पकाउने क्रममा आगोमा जलेर उनको मृत्यु भएको हो । आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सुरुङ सञ्चालनअघि मर्निङ वाक गर्नेहरूको रोजाइ बन्यो नागढुंगा–सिस्नेखोला लिङ्क रोड (तस्बिरहरू)
-
दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण