रुकुम पश्चिममा प्रहरीका दश भवनमा क्षति
रुकुम । भूकम्पले रुकुम पश्चिमका १० प्रहरी कार्यालयमा क्षति पुर्याएको छ । क्षति भएका कार्यालयमध्ये पाँच वटा पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बताए । बाँकी पाँच वटामा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयको भवन पनि चर्किएकाले बस्न मिल्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए । प्रहरी चौकी पुर्तिमकाँडाको भवन, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र इलाका प्रहरी कार्यालय आठबिसकोटको भवन पूर्ण रूपले क्षति भएको छ । प्रहरीका अनुसार सिम्लि प्रहरी चौकी अहिले अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट प्रहरी पालबाट सेवा दिइरहेको छ ।
बाँकी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र इलाका प्रहरी चौकी चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण