बायर्नको जीतमा केनको नाममा अर्को कीर्तिमान
म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनले बुन्डेस लिगामा आफ्नो गोलको शृङ्खला जारी राख्दा बायर्न म्युनिखले एफसी हाइडेनहेमलाई हराउँदै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो हाफमा दुई गोल गर्दै केनले सिजनमा आफ्नो गोलको सङ्ख्या १७ पुर्याएका छन् । यसअघिका लगातार दुई खेलमा उनले ह्याट्रिक गरेका थिए । योसँगै ११ खेलपछि केन लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।
यसअघि सन् २०१९ मा रोबर्ट लेवान्डोस्कीले लिगको ११ खेलमा १६ गोल गरेका थिए । केनले गत सिजनका सर्वाधिक गोलकर्ता क्रिस्टोफर एनकुन्कु र निकलास फुलक्रुगको १६ गोलको आँकडा अहिले नै उछिनिसकेका छन् ।
दोस्रो हाफमा तीन मिनेटको अन्तरमा हाइडेनहेमका टिम क्लेइनडेन्स्ट र जान निकालस बेस्टेले दुई गोल फर्काउँदै खेल बराबरी गरेका थिए । तर, त्यसपछि बायर्नलाई जीत दिलाउन राफायल गुरेरो र एरिक म्याक्सिम चुपो मोटिङले थप एक–एक गोल गरे ।
११ खेलपछि बायर्नको २९ अङ्क रहेको छ । तर, दोस्रो स्थानमा रहेको बायर लेभरक्युजनले आइतबार हुने खेलमा युनियन बर्लिनलाई हराए टोली पुनः शीर्ष स्थानमा उक्लिनेछ । टोलीको १० खेलबाट २८ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण