रासायनिक मल आरक्षणका आधारमा वितरण, कुन प्रदेशमा कति ?
काठमाडौँ । सरकारले देशभर आरक्षणका आधारमा रासायनिक मल वितरण गर्ने गरेको छ । प्रदेशको मागअनुसार रासायनिक मल वितरण गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रासायनिक मलको माग खेतीयोग्य जमिन, बालीको अवस्था, सिँचाइको पहुँच, परिवार संख्या लगायतको आधारमा मलको आरक्षण निर्धारण हुन्छ । कुल मलको १० प्रतिशत नोक्सानी कटाएर आरक्षणअनुसार प्रदेशमा मल पठाइन्छ ।
मौज्दात कुल रासायनिक मलमध्ये कोशी प्रदेशमा २१ दशमलव ५ प्रतिशत मलको आरक्षण निर्धारण गरिएको छ भने मधेस प्रदेशमा २६ दशमलव ५ प्रतिशत मल दिइने मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा १४ दशमलव ८ प्रतिशत रासायनिक मल दिइनेछ ।
यस्तै, गण्डकी प्रदेशका लागि ४ दशमलव ९ प्रतिशत रासायनिक मल छुट्याइएको छ । लुम्बिनी प्रदेशमा २० दशमलव ६ प्रतिशत मल दिइनेछ भने कर्णालीमा २ प्रतिशतमात्रै रासायनिक मल दिइने मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा ९ दशमलव ७ प्रतिशत रासायनिक मल दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण