बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रासायनिक मल आरक्षणका आधारमा वितरण, कुन प्रदेशमा कति ?

आइतबार, २६ कात्तिक २०८०, १५ : ५३
आइतबार, २६ कात्तिक २०८०

काठमाडौँ । सरकारले देशभर आरक्षणका आधारमा रासायनिक मल वितरण गर्ने गरेको छ । प्रदेशको मागअनुसार रासायनिक मल वितरण गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार रासायनिक मलको माग खेतीयोग्य जमिन, बालीको अवस्था, सिँचाइको पहुँच, परिवार संख्या लगायतको आधारमा मलको आरक्षण निर्धारण हुन्छ । कुल मलको १० प्रतिशत नोक्सानी कटाएर आरक्षणअनुसार प्रदेशमा मल पठाइन्छ । 

मौज्दात कुल रासायनिक मलमध्ये कोशी प्रदेशमा २१ दशमलव ५ प्रतिशत मलको आरक्षण निर्धारण गरिएको छ भने मधेस प्रदेशमा २६ दशमलव ५ प्रतिशत मल दिइने मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा १४ दशमलव ८ प्रतिशत रासायनिक मल दिइनेछ । 

यस्तै, गण्डकी प्रदेशका लागि ४ दशमलव ९ प्रतिशत रासायनिक मल छुट्याइएको छ । लुम्बिनी प्रदेशमा २० दशमलव ६ प्रतिशत मल दिइनेछ भने कर्णालीमा २ प्रतिशतमात्रै रासायनिक मल दिइने मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा ९ दशमलव ७ प्रतिशत रासायनिक मल दिइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप