गाँजा तस्करीको केन्द्र बन्दै महोत्तरी
जनकपुरधाम । महोत्तरी प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका–५, देवीस्थानमा सम्सीबाट जलेश्वरतर्फ गइरहेको एक ट्रकबाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ना०५ख ९७११ नम्बरको ट्रकबाट २ सय ९० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार गाँजासहित ट्रक चालक मकवानपुर, बकैया गाउँपालिका–७ का २५ वर्षीय लिलाबहादुर थिङ्ग र सहचालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१३ बस्ने राजेश घलानलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई चेकजाँच गर्दा ट्रकको चालक बस्ने सिटको पछाडि रहेको फल्स बटनमा लुकाएर राखेको १९ वटा पोकामा २ सय ९० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
महोत्तरीमा लगातार गाँजा बरामद भइरहेको छ । बढी मात्रामा गाँजाको खेती हुने मकवानपुर जिल्लाबाटै आयात भइ भारततर्फ लैजाने क्रममा धनुषा तथा महोत्तरीको विभिन्न भागबाट पटकपटक गाँजा बरामद भइरहेको छ ।
केही दिनअघि मात्रै महोत्तरीबाटै ४ सय ५ किलो गाँजा प्रहरीले बरामद गरेको थियो । २७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका–१, क्याम्पस रोडबाट बरामद गरेको थियो । गाँजासहित मकवानपुर जिल्लाकै थाहा नगरपालिका वडा नम्बर २ का २२ वर्षीय विशाल थिङ पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण