मन्त्रिपरिषद बैठक
उपररथी पाण्डेको राजीनामा स्वीकृत गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सोमबार, २७ कात्तिक २०८०, १० : ५१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद नियमति बैठक मंगलबार बस्ने भएपनि प्रधानमन्त्रीले सोमबार नै बैठक बोलाएका हुन् । आजको बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको बुझिएको छ ।
उपरथी पाण्डेले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मालाई राजिनामा बुझाएका थिए । सेनाको जंगी अड्डाले सोही दिन पाण्डेको राजीनामा रक्षामन्त्रालयमा पठाएको थियो । पाण्डेको जन्ममिति र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु