‘दोधारा चाँदनी’ बनाउँदै नवल
काठमाडौँ । अभिनेता, निर्माता तथा निर्देशक नवल खड्काले नयाँ फिल्म ‘दोधारा चाँदनी’ निर्माण घोषणा गरेका छन् । तिहारको अवसर पारेर उनले फिल्मको घोषणा गरेका हुन् ।
भारतले गर्ने नेपालको सीमा अतिक्रमण सुरक्षाका लागि काँडेतार गर्नुपर्ने अभियानसहित फिल्म ‘काँडेतार’ निर्माण गरेका खड्काले ‘दोधारा चाँदनी’ मा भारतले नेपाली सीमा अतिक्रमण गरेको बिषयमा कथाको रुपमा उठाउने छन् ।
सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई खड्काले नै निर्माण गर्नेछन् । निर्देशक र कलाकारको बिषयमा अहिले उल्लेख गरिएको छैन । ‘अहिलेलाई फिल्म मात्र घोषणा गरेका हौं । निर्देशक र कास्टबारे तिहारपछि जुट्नेछु’, खड्काले भने ।
दोधारा चादँनी नगरपालिका सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्छ । यो नगरपालिका महाकाली नदीभन्दा पारि रहेका साविकका चाँदनी र दोधारा गाविस समावेश गरी स्थापना भएको हो । नगरपालिकामा १० वटा वडा छन् । यस क्षेत्रमा बेला बेलामा भारतले सीमा अतिक्रमण गरेको खबर आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण