लक्ष्मीपूजाको दियो सल्केर भक्तपुरमा १ जनाको मृत्यु
सोमबार, २७ कात्तिक २०८०, १२ : ३१
काठमाडौँ । भक्तपुरमा लक्ष्मीपूजा गर्दा दियो सल्केर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थली घर भएकी ८३ वर्षीया साबित्री देवी दाहाल छिन् ।
आइतबार लक्ष्मीपुजा गर्ने क्रममा उनले लगाएको लुगामा दियो सल्किएको थियो । कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण