परदेशबाट चिठी
मङ्गलबार, २८ कात्तिक २०८०, १० : ५६
छ वर्ष भयो बिरानो ठाउँमा आएको छु
बाहिर देख्नेलाई त टन्न पैसा कमाएको छु
भन्नेहरुले त क्या मज्जा छ है भन्छन् तँलाई
तर मलाई थाहा छ, कस्तो जीवन पाएको छु
पिर नगर है मेरी आमा आरामै छु म यहाँ
पैसा नकमाए पनि एक गाँस खाना खाएको छु
ठूलो सपना थियो बजारमा ठूलो घर बनाउने
कल्पनामा भएपनि बजारमा घर बनाएको छु
बाँचे फर्की आउँला, नेपालमै रमाउँला
मारे भने लास नेपाल ल्याउने पैसा बचाएको छु ।
बेनी–२, बगरफाँट, म्याग्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण