धनुषामा रेलले किचेर भारतीय नागरिकको मृत्यु
मङ्गलबार, २८ कात्तिक २०८०, ११ : ३४
जनकपुरधाम । नेपाल रेलवेले किचेर आज बिहानै एकजनाको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिकाको ईटहर्वा र दुहबीको बिचको बैदेही स्टेशनमा रेलले किचेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन ।
मृत्यु हुनेमा भारत बिहार मधुवनी जिल्ला बेल्हीको अन्दाजी वर्ष ५५ को विन्देश्वर दासको रहेको भएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए । बिहान ८ः ४० बजे जनकपुरधामबाट जयनगरको लागि छुटेको रेलले किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिक पार गर्न खोज्दा रेलले किचेर दासको शरीर दुई टुक्रा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण