तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
काठमाडौँ । तराई क्षेत्रमा ‘खुँखार डाँका’ भनेर चिनिएका शक्ति कपुर पासवान र अजय पासवानलाई प्रहरीले गोली प्रहार गरेको छ । महोत्तरीको सोनमा गाउँपालिका–५ मा प्रहरीको कारबाहीबाट दुवैजना घाइते भएका छन् ।
रौतहटबाट पक्राउ गरेर ल्याउने क्रममा रातको समयको फाइदा उठाएर भाग्न खोजेपछि उनीहरुविरुद्ध गोली चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए । उनले भने,‘सर्लाहीबाट ल्याएको गाडी फिर्ता गरेर हाम्रो गाडीमा चढाउन खोज्दा उनीहरु भागेपछि गोली चलाएका हौँ ।’
प्रहरीले चलाएको ३ वटा गोली उनीहरुलाई लागेको छ । डाँकाहरुलाई नियन्त्रणमा लिँदा दुई जना प्रहरी घाइते भएको डिएसपी गिरीले जानकारी दिए । सर्लाही लालबन्दी नगरपालिका–२ घर भएका ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान तराई क्षेत्रमा ‘खुंखार डाँका’ भनेर चिनिन्छन् । दुवैको बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार हुँदै छ ।
शक्ति कपुर र अजय पासवान कार्त्तिक २० मा महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित सानो रतवारामा भएको डकैतिमा संलग्न थिए । रौतहटको चन्द्रपुर नगरपालिका–५ मा कार्तिक २६ मा भएको लुटमा पनि उनीहरु संलग्न रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । चन्द्रपुर–५ स्थित सोनेलाल चौधरीको घरमा पसेर उनीहरुले लक्ष्मीपूजा गर्दा राखेको नगद र सुन लुटपाट गरेको पीडित परिवारको आरोप छ । चन्द्रपुरमा भएको लुटपाटपछि महोत्तरी प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले उनीहरूलाई गरुडाबाट पक्राउ गरेको हो ।
आरोपीहरु महोत्तरीमा दुई ठाउँमा भएका लुट, धनुषा र रौतहटमा भएको लुटमा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको डिएसपी गिरीले बताए । उनले भने,‘तराईका ११ वटा खुनडाँका मुद्दामा उनीहरू फरार थिए ।’
भारतस्थित मधुवनी जिल्लामा पनि उनीहरु लुटमा संलग्न रहेको थाहा भएको छ । दुवैजना भारतीय प्रहरीको पनि ‘फरार सुची’मा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण