शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा लुटपाट, लुटेराको आक्रमणबाट दुई जना घाइते

सोमबार, २७ कात्तिक २०८०, १० : ०६
सोमबार, २७ कात्तिक २०८०

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेका छन् । सो क्रममा लुटेरा समूहले आक्रमण गर्दा दुई जना महिला घाइते समेत भएका छन्  । 

आइतबार राति ४ जना भन्दा बढीको सङ्ख्यामा आएका लुटेराहरूले चन्द्रपुर ५  का सोनेलाल चौधरीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ। घरको मुलगेट फुटाएर प्रवेश गरेका उनीहरूले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइ बनाएका हुन्।

लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेरा समूहले  लगेको पीडित परिवारले जनाएको छ । घाइते दुवै जना महिलाहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । 

 इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोइलाले घटनाको पुष्टि गर्दै लुटेरा समूहको खोजी भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप