रौतहटमा लुटपाट, लुटेराको आक्रमणबाट दुई जना घाइते
सोमबार, २७ कात्तिक २०८०, १० : ०६
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेका छन् । सो क्रममा लुटेरा समूहले आक्रमण गर्दा दुई जना महिला घाइते समेत भएका छन् ।
आइतबार राति ४ जना भन्दा बढीको सङ्ख्यामा आएका लुटेराहरूले चन्द्रपुर ५ का सोनेलाल चौधरीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ। घरको मुलगेट फुटाएर प्रवेश गरेका उनीहरूले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइ बनाएका हुन्।
लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेरा समूहले लगेको पीडित परिवारले जनाएको छ । घाइते दुवै जना महिलाहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोइलाले घटनाको पुष्टि गर्दै लुटेरा समूहको खोजी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण