अटो दुर्घटना हुँदा यात्रुको मृत्यु
बिहीबार, ३० कात्तिक २०८०, १२ : ३०
काठमाडौँ । रौतहटमा अटो दुर्घटना हुँदा यात्रुको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गस्थित जगत पेट्रोल पम्पमा ना.२ ह २४५३ नम्बरको अटो दुर्घटना भएर ३५ वर्षीया शैरुन खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बुधवार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको अटो र सोही दिशातर्फ आउँदै गरेको ज.७ प ८२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । अटोमा सवार मृतक चन्द्रपुर नगरपालिका–४ मुस्लिम टोलकी स्थानीय हुन् । शैरुन खातुनको उपचारको क्रममा बीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण