तीन सातामा १६५ जना जुवाडे पक्राउ, साढे ३४ लाख बरामद
बिहीबार, ३० कात्तिक २०८०, १६ : ४६

काठमाडौँ । दसैँपछि तिहारसम्म तीन साताको अवधिमा काठमाडौँ उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ परेका छन् । यस्तै उनीहरुको साथबाट कुल ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार कात्तिक ११ देखि ३०गते ९ बजेसम्म तास र लङ्गुरबुर्जा खेल्ने कार्यमा संलग्न १३३ जना पक्राउ परेका छन् । काठमाडौँका १२, ललितपुरका २ र भक्तपुरका २ स्थानबाट उनीहरु पक्राउ परेका हुन् । उक्त स्थानबाट ६९ बुक तास, चेक २० हजार र नगद एक्काइस लाख एकहत्तर हजार तीन सय पैँतीस रुपैयाँ बरामद भएको छ ।
यस्तै कौडा खेल्ने कार्यमा संलग्न ३२ जना पक्राउ परेका छन् । काठमाडौँ र ललितपुरका १–१ स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट १२ लाख एकानब्बे लाख पाँच सय पचास रुपैयाँ बरामद भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटा तस्बिरले कति फरक पार्न सक्छ र...
-
‘मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो’
-
गोर्खा कपको तयारी अन्तिम चरणमा, अनुमानित खर्च ९० हजार पाउण्ड
-
रोमानियाको चुनावमा ईयू समर्थक उम्मेदवार विजयी
-
बागमती प्रदेशसभा बैठक आज बस्दै, संसद् चल्न नदिने रणनीतिमा प्रतिपक्षी दल
-
कोशीमा बेरुजु रकम घटे पनि प्रतिशतका आधारमा छैन सन्तोष गर्ने ठाउँ