उपेन्द्र यादवलाई प्रधानमन्त्रीको प्रस्ताव आए जसपाले स्वीकार्छ : प्रवक्ता सुमन

काठमाडौँ । जनता समाजवादीका प्रवक्ता मनिष सुमनले प्रधानमन्त्रीको अफर आए जसपाले स्वीकार गर्ने बताएका छन् । एमालेसँग मिलेर सत्ता समीकरण फेरबदल गर्ने खेलमा लागेको हो भन्ने प्रश्नमा उनले उक्त कुरा बताएका हुन् । मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने सौभाग्य पाए देशमा समानताको अर्को परिभाषा हुने उनले बताए ।
‘साँच्चै कुरा गर्दा एकजना मधेसी प्रधानमन्त्री बन्यो भने देशमा समानताको अर्को परिभाषा हुन्छ । भित्रैबाट बुम हुन्छ । एकजना नेपाली अमेरिकामा गएर स्याटालाइटमा पुग्यो भने हामी त्यतिकै बुम हुन्छौं । अस्ति नेपालीले क्रिकेट खेलेर जित्दा हामी त्यतिकै बुम भयौं । त्यसैले उपेन्द्र यादव प्रधामन्त्री बन्न पाएमा मधेशी समुदाय आफैँमा बुम हुन्छ । त्यस्तो सौभाग्य पाए किन नकारौंला’, रातोपाटीसँग उनले भने ।
तर जनता समाजवादीलाई त्यसमा कुनै हतार नभएको र अहिले एमालेबाट त्यस्तो कुनै अफर आएको आफूलाई नलागेको उनले बताए । यस्तै चुनावअघि कांग्रेस–माओवादीले बेमानी गरेकाले गठबन्धन तोडेको उनले जिकिर गरे । ‘त्यतिबेला राजनीति चित्रण गर्दा एकीकृत समाजवादीलाई लिए हुन्छ । विचरा उसलाई राष्ट्रिय पाटी बन्नै दिएन’, उनले भने, ‘हामीले कुरा बुझ्यौ तत्काल गठबन्धन छाड्यौं । त्यतिबेला एक्लै लड्ने वातावरण नभएकाले एमाले रोजेका हौं ।’
सत्ता पक्षको एक वरिष्ठ नेताले विपक्षी दलको नेतासँग भेटघाट गर्नु सुन्दर पक्ष भएको उनको भनाइ छ । प्रजातान्त्रिक मुलुक भारतमा प्रधानमन्त्री र राहुल गान्धीबीचमा तीन वर्षसम्म भेट नभएको भन्दै नेपालमा सत्ता पक्षका नेताहरूले विपक्षी दलका नेताहरूसँग भेट गर्नु राम्रो पक्ष भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा लिखित जवाफ माग
-
पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै, शव पशुपति लगियो (तस्बिरहरू)
-
चीनको एउटा कारखानामा रोबोटले मान्छेलाई थप्पडै थप्पड हानेपछि...
-
राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त