जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ
बिहीबार, ३० कात्तिक २०८०, १८ : ४६
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कार्तिक २२ मा नयाँ बानेश्वरको आइपेक्स मल नजिकै बर्तौलामाथि रड प्रहार गरेर आक्रमणकारी भागेका थिए ।
आक्रमणमा संलग्नहरुलाई ईलामबाट पक्राउ गरेर काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा आशिष लामिछाने, टेकबहादुर प्रधान (कैलाश) र शेरबहादुर थारु छन् ।
माओवादी केन्द्रका नेता बर्तौला अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण