बानेश्वरमा माओवादी नेता जनक बर्तौलामाथि आक्रमण
बिहीबार, २३ कात्तिक २०८०, १० : ०४
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ । करिब २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका हुन् ।
रड प्रहार गरेर आक्रमणकारी भागेका छन् । बुधवार साँझ भएको घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
बर्तौला अखिल नेपाल खेलकुद महसंघको उपाध्यक्ष हुन् । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर स्थित आक्रमण स्थलमा सिसिटिभी नभएको हुनाले अनुसन्धानमा समस्या भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण