पाकिस्तानका पूर्व क्रिकेटरले रोहित शर्माको टस गर्ने तरिकामाथि उठाए प्रश्न
इस्लामाबाद । बुधबार न्यूजिल्याण्डलाई हराएर फाइनलमा प्रवेश गरेको भारतीय टोलीको पाकिस्तानमा अझै चर्चा चलिरहेको छ । पाकिस्तानका पूर्व टेस्ट क्रिकेटर सिकन्दर बख्तले भारतीय टोलीका कप्तान रोहित शर्माको टस गर्ने शैलीमा शंका व्यक्त गरेका छन् ।
पाकिस्तानको जियो न्यूज च्यानलमा बोल्दै सिकन्दर बख्तले भने, ‘उनी (रोहित) सधैं सिक्का पर फ्याँक्छन् र प्रतिद्वन्द्वी टोलीका कप्तान कहिल्यै टसको नतिजा हेर्न जाँदैनन्।’ त्यसपछि च्यानलमा रोहित शर्माको टसका धेरै छोटो क्लिपहरू देखाइन्छ।
यस विवादमा जवाफ दिँदै पूर्व पाकिस्तानी क्रिकेटर वासिम अक्रम, मोइन खान र शोएब मलिकले सिकन्दर बख्तको आशंकालाई पूर्ण रूपमा अस्वीकार गरे। ए स्पोर्ट्स च्यानलसँगको कुराकानीमा वासिम अकरमले भने, ‘सिक्का कहाँ खस्ने भन्ने निर्णय कसले गर्छ ? मलाई लाज लाग्छ। म यसबारे टिप्पणी गर्न पनि चाहन्न।' शोएबले पनि यसबारे चर्चा गर्न पनि नहुने बताएका छन् ।
Very strange the way Rohit Sharma throw the coin at toss, far away, don’t let other Captains to see, compare to other Captains in the WC , any reason?? @BCCI @TheRealPCB @CricketAus @CricketSouthAfrica #sikanderbakht #WorldCup23 #IndiaVsNewZealand @ImRo45 @ICC pic.twitter.com/KxhR2QyUZm
— Sikander Bakht (@Sikanderbakhts) November 15, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण