भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, ०१ मङ्सिर २०८०, १३ : १०
काठमाडौँ । भक्तपुरको लोकन्थलीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार साँझ मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमा ना.७ ख ४७७४ नम्बरको तेल ट्यांकरले बा.७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको दिँदा हरिशरण पुरी गम्भिर घाइते भएका थिए ।
सिन्धुपाल्चोक घर भएका ४१ वर्षीय हरिशरण पुरीको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । जडीबुटीबाट भक्तपुरतर्फ जाँदै गरेको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्यांकर चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ घर भएका ४५ वर्षीय तुलबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत थिमीले अनुसन्धान गरिरहेको डिएसपी पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण