अब एआईले मिलाइदिनेछ भद्रगोल ब्याकग्राउन्ड
काठमाडौँ । कहिले काहीँ घरबाट काम गरिरहेको बेलामा अनलाइन मिटिङ सुरु गर्ने बेला भइसक्छ । घर वा कोठा मिलाउने वा सरसफाइ गर्ने समय नै हुन्न ।
यस्तो अवस्थामा भद्रगोलमै मिटिङ गर्नुपर्ने हुन्छ । तर माइक्रोसफ्टले तपाई र तपाई जस्तै भ्याइनभ्याइ भएकाहरुको सुग्घरी इमेज बचाइराख्न आफूले सक्दो गरिरहेको छ ।
कम्पनीले माइक्रोसफ्ट टिमका लागि कोठा सजाउने नयाँ फिचर ल्याएको छ । यही हप्ताको इग्नाइट २०२३ सम्मेलनमा सो फिचरको घोषणा गरिएको हो । यो फिचर कम्पनीले आगामी वर्ष लञ्च गर्ने भएको छ । नयाँ फिचरले जेनरेटिभ ब्याकग्राउन्ड इफेक्ट सृजना गर्न कृत्रिम बौद्धिकताको प्रयोग गर्नेछ ।
यसमा प्रयोगकर्ताहरुले ब्याकग्राउन्डा देखिने कोठाको हिस्साको भद्रगोल मिलाएर चटक्क देखाइदिनेछ । तपाईँले चाहेको खन्डमा ब्याकग्राउन्डमा हरिया बोटबिरुवा थप्न पनि सक्नु हुनेछन् । चाडपर्वको बेलामा कोठामा झिलिमिली बत्ती बलेको देखाउन सकिनेछ भने क्रिसमस ट्रि आदि पनि थप्न सकिनेछ । यो फिचर माइक्रोसफ्ट ३६५ का लागि टिम्सको प्रिमियम र कोपाइलटमा दिन लागिएको कयौँ नयाँ फिचरमध्ये एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण