एआईको नियमनबारे सहमतिमा पुगे जर्मनी, फ्रान्स र इटली
बर्लिन । कृत्रिम बौद्धिकता (एआई)को नियमन भविष्यमा कसरी गर्ने भन्ने विषयमा जर्मनी, फ्रान्स र इटलीबिच सहमति भएको छ । तीन देशका सरकारहरूले युरोपेली संघ (ईयू)मा साना र ठुला सबै खाले एआई प्रदायकलाई स्वैच्छिक प्रतिबद्धतामा बाँध्ने पक्षमा सहमति गरेका छन् ।
यो सहमतिलाई ईयू स्तरमा लगिने अपेक्षा गरिएको छ । एआईको नियमनबारे संघको धारणाबारे अहिले युरोपेली परिषद्, युरोपेली संसद र युरोपेली आयोगबिच छलफल भइरहेको छन् । युरोपेली संसद्ले जुनमा नै एआईको नवप्रवर्तनमुखी शक्तिलाई सुस्त नपार्ने गरी यसको प्रयोगले हुने सुरक्षा जोखिमहरू टार्न र यसका कारण हुन सक्ने भेदभावपूर्ण असरहरू हटाउन एआई ऐन पेस गरेको थियो । सुरुमा यो ऐनले मुख्य एआई प्रदायक कम्पनीहरूलाई मात्रै बाँध्ने प्रस्ताव गरिएको छ ।
आचारसंहिता सबैले पालना गर्नु पर्नेछ । सुरुमा प्रतिबन्धको प्रस्ताव छैन । आचारसंहिताको उल्लङ्घन गरेको पाइएमा त्यस्तो गर्ने कम्पनीलाई निश्चित अवधिका लागि बन्देज लगाउन प्रतिबन्ध प्रणाली भने बनाइनेछ । पछिल्लो समय विश्वभर एआईबारे त्रास उत्पन्न भइरहेको छ । यस्तोमा एआईको नियमन कसरी गर्ने भन्नेबारे सबैतिर चिन्ता र चासो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण