तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र
तनहुँ । तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो ।
व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिकाको सिमाना जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले कार्यान्वयन गरेको यस सडक योजनाको निर्माणस्थल व्यास नगरपालिका र म्याग्दे गाउँपालिका रहेको छ ।
उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर होमनाथ गौतमले जानकारी दिए ।
उक्त मार्गले तीन पालिकाका लाभान्वित हुनेछन् । सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा पुलकित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
-
भूकम्पको एक महिना बित्दा पनि भेनेजुएलामा आफन्तको खोजी जारी, पीडित जवाफ माग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण