तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र
तनहुँ । तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो ।
व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिकाको सिमाना जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले कार्यान्वयन गरेको यस सडक योजनाको निर्माणस्थल व्यास नगरपालिका र म्याग्दे गाउँपालिका रहेको छ ।
उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर होमनाथ गौतमले जानकारी दिए ।
उक्त मार्गले तीन पालिकाका लाभान्वित हुनेछन् । सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा पुलकित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ