कञ्चनपुरमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु
महेन्द्रनगर । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म२प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटर चालक भीमदत्त नगरपालिका–९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो ।
सख्त घाइते उहाँको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार कार्कीका श्रीमती लक्ष्मी कार्की भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो बखत सोही दुर्घटनास्थलमा रहेको ट्र्याक्टर चालकलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ । मतृकको शव परीक्षणका लागि महाकाली
प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण