नेपाल जेसीसको महाधिवेशन बुटवलमा हुँदै
बुटवल। नेपाल जेसीसको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने भएको छ । महाधिवेशन मङ्सिर २८ देखि पुस २ गतेसम्म सञ्चालन हुने बुटवल जेसीसले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महाधिवेशनमा देशभरबाट करिब २ हजार ५०० प्रतिनिधि रहने जनाइएको छ । नेपाल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेलले बुटवल जेसीसको ५० औँ वर्षको अवसरमा राष्ट्रिय जेसिजको महाधिवेशन गर्न लागिएको जानकारी दिए ।
उनले यसरी कार्यक्रम गर्नु बुटवलका लागि धेरै गर्वको कुरा भएको बताए । बुटवल जेसीसले यसभन्दा पहिला पनि दुईवटा राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको र यस पटकको महाधिवेशन पनि भव्यताका रूपमा नै सम्पन्न हुने महाधिवेशन निर्देशक समेत रहेका पोखरेलले बताए ।
नेपाल जेसिसका अर्का पूर्व अध्यक्ष अनुपमान शैजुले यो महाधिवेशनले बुटवलको आर्थिक गतिविधिलाई चलायमान बनाउन टेवा पुग्ने बताए । बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले पनि बुटवल जेसिजको स्वर्ण जयन्तीको अवसरमा ५० औँ राष्ट्रिय महाधिवेशन गर्न पाउनु ठुलो अवसर भएको बताए । यसले बुटवलको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उनको भनाइ छ । महाधिवेशनको अवसरमा बुटवलको मुख्य भाग परिसरमा शान्ति पदयात्रा (प्रभातफेरी) गरिने समेत जनाइएको छ ।
महाधिवेशनलाई भव्य, प्रभावकारी र ऐतिहासिक रूपमा आयोजना गर्न सन् २००७ पछिका १५ जना पूर्व अध्यक्षहरु आयोजक समितिको संयोजक, १२ जना पदाधिकारी सहसंयोजक र ८० जना सदस्यहरू विभिन्न उपसमितिमा रहेका छन् । सन् २००७ अघिका १२ जना पूर्व अध्यक्षहरूको सल्लाहकार समिति र ३ सदस्यीय विशेष प्रमुख सल्लाहकार समिति समेत गठन गरिएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि करिब २ करोड ६५ लाख ५० हजार खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने महाधिवेशन भव्य रूपमा उद्घाटन गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा दंगाल
-
१० बजे १० समाचार : केन्द्रीय समिति बैठकबाट माओवादी नेताहरूको कार्य विभाजनसहित यस्ता छन् प्रमुख समाचार
-
चार जना प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस
-
गुल्मीमा फोर्स गाडी दुर्घटना, ६ जना घाइते
-
कोलकाता डाक्टर बलात्कार-हत्या मुद्दामा पूर्व प्रधानाध्यापकलाई जमानत
-
अल्लु अर्जुन उच्च अदालतबाट धरौटीमा रिहा