रुपन्देहीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु
सोमबार, ०४ मङ्सिर २०८०, १३ : ३२
बुटवल । रुपन्देहीको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलका भैरहवा सडक खण्डकको तिलोत्तमाको मणिग्राम लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी रुपन्देहीका व्यवसायी माधवलाल देवकोटाको मृत्यु भएको छ । उनीसँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकी नगर बस्ने यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक देवकोटा सहकारी सङ्घका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक थिए । विभिन्न सामाजिक तथा पेसागत सङ्घ संस्थामा आबद्ध देवकोटा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकार समेत थिए ।
दुवै जनाको शव तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण