बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
गृहमन्त्रीको पत्रकार सम्मेलन

गृह मन्त्रालयको कार्यसम्पादन सुधार कार्य योजना बनाउन पूर्व मुख्यसचिवको नेतृत्वमा समिति गठन

सोमबार, ०४ मङ्सिर २०८०, १४ : २०
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागि गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न समिति गठन गरिएको छ । पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

समितिमा पूर्व सचिवहरू शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक खङ्ग केसी, पूर्व आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका पूर्व आईजीपी सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री बिन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम सदस्य छन् । मन्त्रालयको नीति योजना महाशाखाका सह–सचिवलाई सदस्य सचिव तोकिएको छ । सो समितिलाई ३ महिनाभित्र गृह प्रशासन सुधारका क्षेत्र तथा उपायहरूबारे अध्ययन गरेर कार्य योजना तयार गर्न कार्यादेश दिएको गृहमन्त्री श्रेष्ठले बताए ।

samiti

मूल समिति अन्तर्गत प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन, कारागार र स्थानीय प्रशासन र सेवा प्रवाह विषयगत उप–समिति गठन गरिएको छ । समितिका संयोजक लीलामणि पौड्यालले काम सुरु गरेको जानकारी दिँदै भने– ‘समयमै सम्पादन गर्ने प्रयास रहन्छ ।’ 

गृह मन्त्रालय र अन्तरगका निकायहरूको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका क्षेत्र तथा उपायहरु र त्यसको कार्य योजना समेत तयार गर्ने प्रयोजनका लागि गठित समिति/उप-समिति 

१.    अध्ययन समितिको गठन 
    अध्ययन समिति 
क.    श्री लीलामणि पौंड्याल, पूर्व मुख्य सचिव,         संयोजक
ख.    श्री शरद चन्द्र पौंड्याल पूर्व सचिव            सदस्य
ग.    श्री शंकरप्रसाद कोइराला, पूर्व सचिव             ,,             
घ.    श्री लक्ष्मी प्रसाद ढकाल, पूर्व सचिव            ,,
ङ.    प्राध्यापक डा खड्ग के.सी                      "
च.    श्री प्रकाश अर्याल, पूर्व प्रहरी महानिरीक्षक           ,,   
छ.    श्री सिंह बहादुर श्रेष्ठ, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक    ,, 
ज.    डा विन्दु पोखरेल            समाजशास्त्री        "              
झ.    विजय गौतम             सूचना प्रविधि विज्ञ     " 
ञ.    सह सचिव, नीति योजना महाशाखा            सदस्य सचिव
१.१ विषयगत उप-समितिहरूको गठन 
१.१.१ नेपाल प्रहरी, विषयगत उप-समितिको गठन 
उप-समिति
क) श्री प्रकाश अर्याल, पूर्व प्रहरी महानिरीक्षक                 संयोजक
ख) कानुन /न्याय /सरकारी वकिल समुहवाट सेवा निवृत सह सचिव       सदस्य
ख) श्री वम वहादुर भण्डारी , पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक        सदस्य
ग) वसन्त राज गौतम, पूर्व सह सचिव                ,,
ङ) श्री सुरक्षा विषयमा अध्यापन गर्ने एक जना प्राध्यापक वा विज्ञ  "
च) श्री प्रहरी उपरिक्षक नेपाल प्रहरी                सदस्य सचिव
१.१.२ शसस्त्र प्रहरी वल, विषयगत उप-समितिको गठन तथा कार्यादेश 
उप-समिति 
क.    श्री सिंह बहादुर श्रेष्ठ, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक        संयोजक
ख.    कविराज खनाल पूर्व सह सचिव                 सदस्य
ग.    श्री नरेश सुब्बा पूर्व सहायक रथी                 ,,            
घ.    सीमा सुरक्षा सम्वन्धी क्षेत्रमा क्रियाशिल एक जना विज्ञ      ,,
ङ.    सशस्त्र प्रहरी उपरिक्षक, सशस्त्र नेपाल वल             सदस्य सचिव
१.१.३ अध्यागमन व्यवस्थापन विषयगत उप-समितिको गठन 
उप-समिति
क.    श्री शरद चन्द्र पौंड्याल     पूर्व सचिव        संयोजक
ख.    श्री खुँम राज पुन्जाली, पूर्व सचिव /सह सचिव      सदस्य        
ग.    गृह/अध्यागमन प्रशासनमा काम गरी सह सचिव पदवाट  निवृत एक जना सदस्य         
घ.    महानिर्देशक अध्यागमन विभाग,             सदस्य 
ङ.    निर्देशक अध्यागमन विभाग,                   सदस्य सचिव

 १.१.4 कारागार व्यवस्थापन, विषयगत उप-समितिको गठन 
उप-समिति
क.    श्री लक्ष्मी प्रसाद ढकाल, पूर्व सचिव                संयोजक
ख.     कृष्णचन्द्र घिमिरे पूर्व सह सचिव                      सदस्य 
ग.    श्री वीरेन्द्र श्रेष्ठ, पूर्व वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक        ,,
घ.    श्री महानिर्देशक कारागार व्यवस्थापन विभाग            सदस्य 
ङ.    निर्देशक कारागार व्यवस्थापन विभाग                    सदस्य सचिव

१.१.५ स्थानीय प्रशासन र सेवा प्रवाह विषयगत उप-समितिको गठन 
 समितिको गठन 
क.     श्री शंकरप्रसाद कोइराला, पूर्व सचिव             संयोजक
ख.    श्री एकमणी नेपाल, पूर्व सह सचिव                 सदस्य        
ग.    श्री प्रदीपराज कँणेल       ,,
घ.    श्री सह सचिव शान्ति सुरक्षा महाशाखा, गृह मन्त्रालय ,    ,, 
ङ.    डा मन्दीप सुवेदी विपद व्यवस्थापन विज्ञ                 सदस्य
च.    उ. स. गृह मन्त्रालय,                    सदस्य सचिव


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप