नवलपरासीमा महिला संघको पदस्थापन
बुटवल । नेपाल महिला संघ जिल्ला समिति पश्चिम नवलपरासीको तदर्थ समितिको पदस्थापन तथा शपथ ग्रहण गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नेपाल महिला संघ पश्चिम नवलपरासीको पदस्थापन तथा शपथ ग्रहण गरिएको हो ।
परासीस्थित बिपी स्मृति भवन परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
महिला संघकी सभापति तारा देवी भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको प्रमुख अतिथ्यता कार्यक्रम सम्पन्न भएको छ ।
कँडेलले पार्टीमा महिला संघको महत्पूर्ण भूमिका रहेको बताए । उनले महिला संघले पार्टीमा थुप्रै गुन लगाएको पनि बताए ।
कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले स्थानीय तह, प्रदेश र केन्द्रीय तहसम्म महिलाको उचित व्यवस्थापनका लागि पार्टीले पहल गर्नुपर्ने बताए ।
सो क्रममा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, कांग्रेसका नेता मोहन शर्मा, महिला संघकी केन्द्रीय सदस्य कमला तिवारीलगायतले संगठन बिस्तारबारे आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण