खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
शनिबार, २० असार २०८३, ०१ : ०४
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा अस्ट्रेलियाले इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १-१ को बराबरीमा ल्याएको छ।
डल्लास स्टेडियममा जारी खेलको ५५औँ मिनेटमा कप्तान ह्यारी साउटरले गोल गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका हुन्।
यसअघि पहिलो हाफको १३औँ मिनेटमा इमाम असरको गोलमार्फत इजिप्टले सुरुवाती अग्रता लिएको थियो। दोस्रो हाफको सुरुवातमै इजिप्टले अग्रता दोब्बर बनाउने सुन्दर अवसर गुमाएको थियो भने अस्ट्रेलियाले आक्रामक रणनीति अपनाएको थियो।
कप्तान साउटरको यो गोलसँगै 'सक्करुज' खेलमा फर्किएका छन् र अहिले दुवै टोली प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न दोस्रो गोलको खोजीमा छन्।
खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक मोडमा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण