कम्बोडियाले करिब ९ टन सुन उत्पादन गर्यो
मङ्गलबार, ०५ मङ्सिर २०८०, २१ : २५
नोम पेन्ह । कम्बोडियाले सन् २०२१ जुन महिनामा व्यावसायिक खानी उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको घोलसहित झण्डै ९ टन डोरे बारहरू उत्पादन गरेको छ ।
मङ्गलबार खानी तथा ऊर्जा मन्त्री केओ रतनकले ‘कम्बोडियामा खानी तथा ऊर्जा नीति’ विषयक मञ्चमा बोल्दै रतनकले हाल दक्षिणपूर्वी एसियाली मुलुकमा ६ वटा कम्पनीले सुनको प्रशोधन गरिरहेको बताए ।
अहिलेसम्म, कम्बोडियाले १,०४० सुनको बार उत्पादन गरेको छ, जसको तौल ८ हजार ९७९ किलोग्राम छ । सरकारले ती खानी फर्महरूबाट राजश्वस्वरूप १४.४ मिलियन अमेरिकी डलरभन्दा बढी सङ्कलन भएको छ ।
छवटा कम्पनीहरू मध्ये, उत्तरपूर्वी मोन्डुलकिरी प्रान्तमा रहेको अष्ट्रेलिया-सूचीबद्ध इमराल्ड रिसोर्सेस एनएलको सहायक कम्पनी रेनेसान्स मिनरल्सले सबैभन्दा बढी उत्पादन गरेको छ भने, अन्य पाँच कम्पनीले कम उत्पादन गरेका छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण