कम्बोडियाले करिब ९ टन सुन उत्पादन गर्यो
मङ्गलबार, ०५ मङ्सिर २०८०, २१ : २५

नोम पेन्ह । कम्बोडियाले सन् २०२१ जुन महिनामा व्यावसायिक खानी उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको घोलसहित झण्डै ९ टन डोरे बारहरू उत्पादन गरेको छ ।
मङ्गलबार खानी तथा ऊर्जा मन्त्री केओ रतनकले ‘कम्बोडियामा खानी तथा ऊर्जा नीति’ विषयक मञ्चमा बोल्दै रतनकले हाल दक्षिणपूर्वी एसियाली मुलुकमा ६ वटा कम्पनीले सुनको प्रशोधन गरिरहेको बताए ।
अहिलेसम्म, कम्बोडियाले १,०४० सुनको बार उत्पादन गरेको छ, जसको तौल ८ हजार ९७९ किलोग्राम छ । सरकारले ती खानी फर्महरूबाट राजश्वस्वरूप १४.४ मिलियन अमेरिकी डलरभन्दा बढी सङ्कलन भएको छ ।
छवटा कम्पनीहरू मध्ये, उत्तरपूर्वी मोन्डुलकिरी प्रान्तमा रहेको अष्ट्रेलिया-सूचीबद्ध इमराल्ड रिसोर्सेस एनएलको सहायक कम्पनी रेनेसान्स मिनरल्सले सबैभन्दा बढी उत्पादन गरेको छ भने, अन्य पाँच कम्पनीले कम उत्पादन गरेका छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्य
-
नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए गीत
-
डेरी ब्राण्ड सीतारामको अफरका विजेताहरु घोषणा
-
आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बीच क्यासलेस इन्स्योरेन्स सम्झौता
-
प्रधान सेनापतिले भने– संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छु
-
सोती घटनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी