श्रीमती कुट्ने पत्रकार, गाली खाने कमेडियन !
काठमाडौँ । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हिमेश पन्तको परिचय पछिल्लो समय राजनीतिक कार्यकर्ताको रुपमा समेत विस्तार भएको छ । गत निर्वाचनमा धादिङबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका पन्तले यतिबेला कलाकारिता र राजनीतिक करियरलाई सँगसँगै अघि बढाउँदै आएका छन् ।
उनै पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन् । सामाजिक सञ्जलामा ‘हिमेश’ नाम भएको व्यक्ति भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज समेत गरेको उनको भनाइ छ ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिमेश नाम गरेको एक पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजोदेखि मेरो इनबक्समा गालीका म्यासेजहरु आइरहेका छन् । म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरो मेरो बिहे नै भएको छैन ।’ उनले आफू कुनैपनि घरेलु हिंसालाई समर्थन नगर्ने समेत बताएका छन् ।
सार्वजनिक भिडियोमा पत्रकार हिमेश न्यौपानेकी श्रीमतीले आफूलाई श्रीमान हिमेशले हिंसा गरेको आरोप लगाएकी छन् । उक्त भिडियोमा उनले आफूमाथि चर्को हिंसा भएकाको सहायताका लागि हारगुहार गरेकी छन् । जुन भिडियोलाई लिएर कतिपयले आफूलाई गाली गरेको कमेडियन हिमेशको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण