ताप्लेजुङमा आइटी एकेडेमी स्थापना
ताप्लेजुङ । समुदायलाई सूचना प्रविधिसम्बन्धी सीप प्रदान गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले ताप्लेजुङमा आइटी एकेडेमी स्थापना गरिएको छ । ह्युमन प्राक्टिस फाउण्डेशन (एचपिएफ) को समन्वय र दाताको आर्थिक सहयोगमा सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालय परिसरमा आइटी एकेडेमीको स्थापना गरिएको हो ।
आइटी एकेडेमीको भवन निर्माण सम्पन्न भएसँगै सूचना प्रविधिसम्बन्धी प्रशिक्षण प्रारम्भ भएको छ । मुख्य लगानीकर्ता डेनमार्कका वाल्डेमार स्मिथले भवनको उद्घाटन सँगै समुदायलाई हस्तान्तरण गरे । आइटी एकेडेमी स्थापनामा रु पाँच करोड ६९ लाख ५१ हजार तीन सय ६२ लगानी भएको छ । भानुजन माध्यामिक विद्यालयले करिब रु एक करोड १० लाख लगानी गरेको छ ।
उद्घाटन कार्यक्रममा वाल्डेमार स्मिथले आइटी एकेडेमीले रोजगारलगायतका अवसर सृजना हुनुका साथै समृद्ध समाज निर्माणमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले लगानीका लागि अन्य दातासँगसमेत समन्वय गरेका थिए । हाल उक्त एकेडेमीमा ग्राफिक्स डिजाइन र डिजिटल मार्केटिङका कक्षा सञ्चालनमा छन् भने भविष्यमा अन्य आइटीसम्बन्धी कोर्षसमेत सञ्चालनमा ल्याउने तयारी भएको एकेडेमीका प्रमुख वसन्त पालुवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण