गरिमा विकास बैंक १७ औँ वर्षमा प्रवेश

काठमाडौँ । एक्सेस टु अल मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले स्थापनाकालको १६औँ वर्ष पूरा गरी १७औँ वसन्तमा प्रवेश गरेको छ । यस अवसरमा यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी महानुभावहरू, नियमनकारी निकायहरु, कर्मचारीतथा शुभेच्छुकहरु प्रति बैकले कृतज्ञता प्रकट गरेको छ ।
काठमाडौँको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले रु८०अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ ।
करिब ८ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरूमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।
यस विकास बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौँको पुतलीसडकमा १२३ औँ शाखा विस्तार गरेको छ भने देशैभर एकै दिन निम्न १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएपछि बबी सिंहले के भनिन् ?
-
‘पेस्तोल डान्स’ भाइरल भएपछि प्रहरीले डा.बबी सिंहलाई बोलायो
-
मानव प्राण बचाउने किसान र श्रमिकको किन सधैँ अपमान ?
-
अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
-
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
-
अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था