गरिमा विकास बैंक १७ औँ वर्षमा प्रवेश
काठमाडौँ । एक्सेस टु अल मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले स्थापनाकालको १६औँ वर्ष पूरा गरी १७औँ वसन्तमा प्रवेश गरेको छ । यस अवसरमा यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी महानुभावहरू, नियमनकारी निकायहरु, कर्मचारीतथा शुभेच्छुकहरु प्रति बैकले कृतज्ञता प्रकट गरेको छ ।
काठमाडौँको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले रु८०अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ ।
करिब ८ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरूमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।
यस विकास बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौँको पुतलीसडकमा १२३ औँ शाखा विस्तार गरेको छ भने देशैभर एकै दिन निम्न १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण