शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

शुक्रबार, ०८ मङ्सिर २०८०, १४ : २५
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । इन्डियन चेम्बर अफ कमर्सले मुम्बईमा आयोजना गरेको चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा आईएमई लाइफ इन्स्योरेन्स ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बाट सम्मानित भएको छ। 
विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्सलगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचांकहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे।

भारतको मुम्बईमा आयोजित समारोहका बीच आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरे । 
उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप