बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन

शुक्रबार, ०८ मङ्सिर २०८०, १८ : ३१
शुक्रबार, ०८ मङ्सिर २०८०

पोखरा । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन गरिएको छ ।

शुक्रबार पोखराको पृथ्वीचोकमा युवाहरुले ‘राजा आऊ, देश बचाउ’ नारासहित प्रदर्शन गरेका हुन् । उनीहरुले नाराबाजीसहित र्‍याली निकालेका थिए । प्रसाईंको माग र आन्दोलन अहिलेको अवस्थामा उपयुक्त भएकोले आफूहरुले साथ दिएको  स्वतन्त्र युवा समूह कास्कीका संयोजक राजेश थापाले बताए ।  

अहिलेका राजनीतिक दलबाट राजनीतिक बन्दी हुनुपरेको भन्दै मुक्तिका लागि आन्दोलन गरेको थापाले सुनाए । ‘हामीलाई मुक्ति चाहिएको छ । नेताको स्वार्थमा चलेको राजनीतिलाई जनताको स्वार्थमा केन्द्रित गर्न चाहन्छौँ,’ उनले भने, ‘यो हेर्दा सानो हो । तर आन्दोलनको स्वरुप निकै परसम्म धकेलिएको छ ।’ यो अभियान पोखरामा निरन्तर चलिरहने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप