दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन
शुक्रबार, ०८ मङ्सिर २०८०, १८ : ३१
पोखरा । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन गरिएको छ ।
शुक्रबार पोखराको पृथ्वीचोकमा युवाहरुले ‘राजा आऊ, देश बचाउ’ नारासहित प्रदर्शन गरेका हुन् । उनीहरुले नाराबाजीसहित र्याली निकालेका थिए । प्रसाईंको माग र आन्दोलन अहिलेको अवस्थामा उपयुक्त भएकोले आफूहरुले साथ दिएको स्वतन्त्र युवा समूह कास्कीका संयोजक राजेश थापाले बताए ।
अहिलेका राजनीतिक दलबाट राजनीतिक बन्दी हुनुपरेको भन्दै मुक्तिका लागि आन्दोलन गरेको थापाले सुनाए । ‘हामीलाई मुक्ति चाहिएको छ । नेताको स्वार्थमा चलेको राजनीतिलाई जनताको स्वार्थमा केन्द्रित गर्न चाहन्छौँ,’ उनले भने, ‘यो हेर्दा सानो हो । तर आन्दोलनको स्वरुप निकै परसम्म धकेलिएको छ ।’ यो अभियान पोखरामा निरन्तर चलिरहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण