सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वायुसेवा निगमले भन्यो–जहाजको आवश्यकता छ

शुक्रबार, ०८ मङ्सिर २०८०, २० : ५१
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमले ध्वजावाहक  जहाजको आवश्यकता रहेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले निगमको सुधारका लागि बनेका आयोग अध्ययन समिति र निगमकै अध्ययन प्रतिवेदनका अनुसार ध्वजावाहक जहाजको आवश्यक रहेको बताएको हो । 

 निगमको विज्ञप्तिमा भनिएको छ, 'आर्थिक स्रोतको सम्बन्धमा निगमले ३ वटा STOL Route मा उड्ने जहाज ६/६ महिनाको अन्तरमा ल्याउने भएकोले सम्पूर्ण रकम एकमुष्ट तिर्ने नभई पटक पटक तिर्दै जाने हुँदा सोको व्यवस्थापन आन्तरिक स्रोतबाट गर्न निगम सक्षम छ ।'

निगमको व्यवसाय सञ्चालन गर्न र दुर्गमका जनतालाई सेवा दिन जहाजको आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप