वायुसेवा निगमले भन्यो–जहाजको आवश्यकता छ
शुक्रबार, ०८ मङ्सिर २०८०, २० : ५१
काठमाडौँ । नेपाल वायुसेवा निगमले ध्वजावाहक जहाजको आवश्यकता रहेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले निगमको सुधारका लागि बनेका आयोग अध्ययन समिति र निगमकै अध्ययन प्रतिवेदनका अनुसार ध्वजावाहक जहाजको आवश्यक रहेको बताएको हो ।
निगमको विज्ञप्तिमा भनिएको छ, 'आर्थिक स्रोतको सम्बन्धमा निगमले ३ वटा STOL Route मा उड्ने जहाज ६/६ महिनाको अन्तरमा ल्याउने भएकोले सम्पूर्ण रकम एकमुष्ट तिर्ने नभई पटक पटक तिर्दै जाने हुँदा सोको व्यवस्थापन आन्तरिक स्रोतबाट गर्न निगम सक्षम छ ।'
निगमको व्यवसाय सञ्चालन गर्न र दुर्गमका जनतालाई सेवा दिन जहाजको आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण