बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पाँचपोखरी थाङपाल र हेटौँडा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध

शुक्रबार, ०८ मङ्सिर २०८०, २० : ५९
शुक्रबार, ०८ मङ्सिर २०८०

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको  पाँच पोखरी थाङपाल गाउँपालिका र हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आज पाँच पोखरी थाङपाल– ४ स्थित नागी थामडाँडा एवं पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोछे (पद्मा सम्भव) को प्रतिमा अनावरण कार्यक्रममा दुई पक्षबीच भगिनी सम्बन्धको लागि समझदारी भएको हो ।
 
हेटौँडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखाका प्रमुख अनिरुद्ध नेपालको रोहबरमा पाँच पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा र  हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मीनाकुमारी लामाबीच समझदारी पत्रमा हस्ताक्षर भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले बताए ।

गाउँपालिकाका अध्यक्ष लामाले हिमाली भेगमा रहेको पालिका र तराई क्षेत्रको उपमहानगरपालिकाबीच स्थापित सम्बन्धले साझेदारी प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

पेमाछल उद्यान केन्द्रका प्रमुख लामा फूर्वा सिङ्गी लामाले  पाँच पोखरी पर्यटकीय गन्तव्य रहको भन्दै त्यसको विकासका लागि दुवै पालिका मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।  हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मीनाकुमारी लामाले पाँच पोखरीको विकासका लागि हेटौँडा उपमहानगरपालिकाको सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप