बालिका बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ
जनकपुरधाम । महोत्तरीमा सात वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा जिल्लाको गौशाला नगरपालिका ११ का ३३ वर्षीय जुगलकिशोर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए ।
साह गौशाला नगरपालिका ५ मा सञ्चालित गौशाला एकेडेमीका सञ्चालक हुन् । उनीमाथि विद्यालयमा पढ्न गएकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
प्रहरीका अनुसार साहले ७ वर्षीय बालिकालाई बिहीबार दिउँसो विद्यालयको चौथो तल्लामा लगी बलात्कार गरेका थिए । बालिकालाई रुपैयाँको लोभ देखाएर बलात्कार गरेको आरोपसहितको जाहेरीको आधारमा साहलाई शुक्रवार पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद लिई पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी गिरिले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण