जसपाका प्रदेश समिति र राष्ट्रिय समिति आज पुनर्गठन हुने
शनिबार, ०९ मङ्सिर २०८०, ०९ : १७
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनर्गठन गर्न लागिएको छ ।
पार्टीले सञ्चालन गरेको तिन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत सङ्गठन गठन, पुनर्गठन तथा रूपान्तरणको कार्य अन्तर्गत बाँकी रहेका प्रदेश समिति र राष्ट्रिय पुनर्गठन हुन लागेको हो ।
पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समिति इन्चार्ज शिवलाल थापा मगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङलाई प्रमुख अतिथि रहने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण