अडानको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न, चैतमा छैटौँ राष्ट्रिय परिषद् गर्ने
काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान)को छैटौँ राष्ट्रिय महाधिवेशन पछिको चौथो केन्द्रीय कार्यसमितिको पूर्ण बैठक अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । संस्थाका कोषाध्यक्ष बलराम चौधरी र महासचिव प्रेमबहादुर श्रेष्ठले पेस गरेको आर्थिक र साङ्गठनिक प्रतिवेदन समेत पारित भएको छ ।
साथै संस्थाको २०८० फागुनभित्र प्रदेश परिषद् सम्पन्न गरिसक्ने र चैत्रको दोस्रो हप्ताभित्र काठमाडौँमा केन्द्रीय (राष्ट्रिय) परिषद् सम्पन्न गरिसक्ने पनि निर्णय गरेको छ । बैठकमा अडानले विगतदेखि उठाउँदै आएका विषयहरूमा सम्बन्धित निकायहरूबाट उचित सम्बोधन नभएकाले नयाँ ढङ्गले अघि बढ्न नेतृत्वलाई ध्यानाकर्षण समेत गराइएको थियो ।
यसअघि अडानलाई अझ सशक्त क्रियाशील र पेसागत नमुना सङ्गठन बनाउन केन्द्रबाट सम्बन्धित प्रदेशको उपाध्यक्षको संयोजकत्वमा कार्य विभाजन गरी जिम्मेवारी समेत तोकेको थियो । सो बाट सङ्गठनलाई फाइदा पुगेको बताउँदै सदस्यहरूलाई पेसागत ज्ञान, सङ्गठनात्मक व्यवहारमा ध्यान दिई अझ सक्रिय हुने व्यवस्थित कार्य योजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।
बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सम्झौता भई कार्यान्वयन नभएका मुद्दाहरू चाँडो सम्बोधन गर्न सरकारसँग माग गर्ने विषयमा छलफल भएको थियो । यस्तै, हालै पश्चिम नेपालमा गएको भूकम्पबाट पीडितहरूलाई समयमै राहत नपुगेकोमा सरकार समक्ष ध्यानाकर्षण समेत गराउने निर्णय बैठकबाट भएको छ । बैठकले निम्नानुसारका १८ बुँदे विशेष प्रस्ताव पारित गर्दै लेखापरीक्षकहरुका जल्दा बल्दा विषयमा ध्यान दिई समस्या समाधानका लागि राज्य र सम्बन्धित सबैमा आव्हान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण