मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अडानको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न, चैतमा छैटौँ राष्ट्रिय परिषद् गर्ने

शनिबार, ०९ मङ्सिर २०८०, ११ : ५६
शनिबार, ०९ मङ्सिर २०८०

काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान)को छैटौँ राष्ट्रिय महाधिवेशन पछिको चौथो केन्द्रीय कार्यसमितिको पूर्ण बैठक अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । संस्थाका कोषाध्यक्ष बलराम चौधरी र महासचिव प्रेमबहादुर श्रेष्ठले पेस गरेको आर्थिक र साङ्गठनिक प्रतिवेदन समेत पारित भएको छ ।

साथै संस्थाको २०८० फागुनभित्र प्रदेश परिषद् सम्पन्न गरिसक्ने र चैत्रको दोस्रो हप्ताभित्र काठमाडौँमा केन्द्रीय (राष्ट्रिय) परिषद् सम्पन्न गरिसक्ने पनि निर्णय गरेको छ । बैठकमा अडानले विगतदेखि उठाउँदै आएका विषयहरूमा सम्बन्धित निकायहरूबाट उचित सम्बोधन नभएकाले नयाँ ढङ्गले अघि बढ्न नेतृत्वलाई ध्यानाकर्षण समेत गराइएको थियो ।

यसअघि अडानलाई अझ सशक्त क्रियाशील र पेसागत नमुना सङ्गठन बनाउन केन्द्रबाट सम्बन्धित प्रदेशको उपाध्यक्षको संयोजकत्वमा कार्य विभाजन गरी जिम्मेवारी समेत तोकेको थियो । सो बाट सङ्गठनलाई फाइदा पुगेको बताउँदै सदस्यहरूलाई पेसागत ज्ञान, सङ्गठनात्मक व्यवहारमा ध्यान दिई अझ सक्रिय हुने व्यवस्थित  कार्य योजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाइएको छ  ।

बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सम्झौता भई कार्यान्वयन नभएका मुद्दाहरू चाँडो सम्बोधन गर्न सरकारसँग माग गर्ने विषयमा छलफल भएको थियो । यस्तै, हालै पश्चिम नेपालमा गएको भूकम्पबाट पीडितहरूलाई समयमै राहत नपुगेकोमा सरकार समक्ष ध्यानाकर्षण समेत गराउने निर्णय बैठकबाट भएको छ । बैठकले निम्नानुसारका १८ बुँदे विशेष प्रस्ताव पारित गर्दै लेखापरीक्षकहरुका जल्दा बल्दा विषयमा ध्यान दिई समस्या समाधानका लागि राज्य र सम्बन्धित सबैमा आव्हान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप