एनिमलको क्रेज : २४ घण्टामा ७.१ करोडले हेरे ट्रेलर

मुम्बई । चलचित्र एनिमलको ट्रेलर गत बिहीबार सार्वजनिक भएको थियो । २४ घण्टामा यो ट्रेलरको हिन्दी संस्करण ५ करोड ८० लाखले हेरिसकेका छन् ।
यो २०२३ को सबैभन्दा धेरै हेरिएको ट्रेलर बनेको छ। दोस्रो स्थानमा केजीएफ २ छ, जसलाई ४.९० करोड मानिसहरूले केवल हिन्दी संस्करणमा हेरेका थिए ।
यो ट्रेलर युट्युबमा टप ट्रेन्डिङमा छ । ट्रेलरले हिन्दी संस्करण लगायत तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा उत्कृष्ट भ्युज पाएको छ ।
फिल्म एनिमलको ट्रेलर अहिलेसम्म सबै भाषामा ७.१ करोड मानिसले हेरिसकेका छन् । चलचित्रको इतिहासमा ट्रेलरले यति धेरै भ्युज पाएको यो तेस्रो पटक हो । यसअघि चलचित्र केजीएफ २ र आदिपुरुषको ट्रेलरले क्रमशः १०६.३९ मिलियन र ७४ मिलियनका साथ सबै भाषामा सर्वाधिक भ्युज पाएको थियो ।
फिल्मको ओपनिङ डे कलेक्सनको बारेमा ट्रेड विज्ञ अतुल मोहनले भने, ‘फिल्मले पहिलो दिन ३५ करोडको ओपनिङ गर्ने सम्भावना छ ।’ फिल्म एनिमल डिसेम्बर १ मा भारतका थिएटरहरूमा रिलिज हुँदैछ।
यो फिल्म अमेरिकामा नोभेम्बर ३० मा रिलिज हुँदैछ । त्यहाँ यो ८८८ स्क्रिनमा रिलिज हुनेछ । यसैलाई ध्यानमा राख्दै १७ नोभेम्बरदेखि एनिमलको अग्रिम बुकिङ सुरु भएको हो ।
ट्रेलर रिलिज हुनुअघि एनिमलले अमेरिकाका २३६ थिएटरबाट ८४ हजार ४३२ डलर कमाएको थियो। ट्रेलर सार्वजनिक भएपछि फिल्मको कमाईमा उल्लेख्य उछाल आएको छ ।
फिल्मको कमाई रातारात करिब ४० हजार ६५६ डलरले बढेको छ । यो बुकिङ फिल्मको उद्घाटन प्रिमियरका लागि मात्र गरिएको हो । फिल्मले प्रिमियरको दिन १ करोड कमाउने अपेक्षा गरिएको छ ।
फिल्म एनिमलको अग्रिम बुकिङ नोभेम्बर २६ बाट भारतमा सुरु हुनेछ । गत बिहीबार हैदराबादमा फिल्मको सीमित बुकिङ सुरु भएको थियो । पहिलो दिनको लागि अनलाइन अग्रिम बुकिङबाट, चलचित्रको ६ हजारभन्दा बढी टिकटहरू नौदेखि १० घण्टामा बिक्री भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान